Our PresenceContact
news/MHPSS_volunteer_flood_affected_area_jcJH8Mg.jpeg

नेपाल रेडक्रस सोसाइटीले रसुवा बाढीबाट प्रभावित नुवाकोट जिल्लामा मनोसामाजिक सहयोगका लागि स्वयंसेवक परिचालन

नेपाल रेडक्रस सोसाइटीले रसुवा बाढीबाट प्रभावित नुवाकोट जिल्लामा मनोसामाजिक सहयोगका लागि स्वयंसेवक परिचालन

Sep 04, 2026

2 min read

नेपाल रेडक्रस सोसाइटीले रसुवा बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा मानवीय सहयोग प्रदान गर्ने उद्देश्यले त्रिभुवन विश्व विद्यालय मनोविज्ञान केन्द्रीय विभाग र परामर्श मनोविज्ञान कार्यक्रमसँगको सहकार्यमा १२ जना स्वयंसेवकहरू परिचालन गरेको छ । बाढी प्रभावित स्थानका व्यक्ति, परिवार, समुदाय, विद्यालय र विभिन्न होल्डिङ सेन्टरमा रहेका मानिसहरूलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग प्रदान गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको हो । नेपाल रेडक्रस सोसाइटीबाट परिचालित हुने स्वयंसेवकहरूमार्फत प्रभावित व्यक्ति तथा परिवारको खाना, आवास, सुरक्षा लगायतका अन्य सेवा आवश्यकता भएमा उनीहरुलाई सम्वन्धित निकायको सहयोग प्रणालीमा जोडन पैरवी गर्नेलगायतका कार्यहरु सञ्चालन हुनेछन् ।
बाढी प्रभावित क्षेत्रमा परिचालित हुने स्वयंसेवकहरूलाई नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र महामन्त्री ऋषिरमण खनालले बाढी प्रभावितहरूको मनको कुरा सुन्ने र आवश्यक्ताका कुराहरू सम्बन्धित निकायमा पुर्‍याउन सके पनि त्यो ठुलो सहयोग हुने भएकाले प्रभावितहरूको कुरा ध्यानपूर्वक सुन्न र सहयोग पुर्‍याउनुहुन अनुरोध गर्नुभएको छ ।
परिचालित स्वयंसेवकहरुले प्रभावित व्यक्तिहरुको घर घरमा पुगेर मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगका गतिविधिहरु सञ्चालन गर्नेछन् भने आवश्यकताका आधारमा परामर्श सेवा, मनोसामाजिक सहयोग र थप विशेषज्ञ सेवा आवश्यक भएमा सम्वन्धित निकायमा जोड्ने कार्य गर्ने छन् ।
नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा स्थानीय रेडक्रसका स्वयंसेवक परिचालन गरी मनोसामाजिक सहयोगका गतिविधिहरू निरन्तर रुपमा सञ्चालन गरी रहेको छ र आवश्यकताका आधार यस्ता सहयोग कार्यक्रलाई निरन्तरता दिने नेपाल रेडक्रस सोसाइटीको योजना रहेको छ ।
नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव व्यवस्थापन, पारिवारीक सम्पर्कको पुर्नस्थापना, राहत वितरणलगायतका कार्यहरू गर्दै आइरहेको छ ।

news/MHPSS_volunteer_flood_affected_area.jpeg
400.54 KBDownload