चीनतर्फ ताल फुट्दा त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम
रसुवाका प्रजिअ नरेन्द्र परियारबाट प्राप्त सूचना अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगममा बनेको ठूलो ताल फुटेको छ ।
चिनियाँ पक्षबाट यसबारे आधिकारिक सूचना आइसकेको छ ।
यी नदीहरू तिब्बतबाट बगेर रसुवागढी नजिक नेपाल प्रवेश गर्छन् र त्रिशूलीरभोटेकोशी नदी प्रणालीमा गाभिन्छन् ।
बिहीबार बिहानसम्म तालमा झन्डै २० लाख घनमिटर पानी जम्मा भएको र थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान थियो ।
जोखिम बढेपछि चीनले तिब्बततर्फको उद्धार अभियान स्थगित गरी टोलीलाई घटनास्थलबाट १ किमी टाढा हटाएको छ ।
हाम्रो अपिल
त्रिशूली र भोटेकोशी नदी किनारमा बस्ने र काम गर्नेहरू तत्काल सुरक्षित स्थानमा सर्नुहोस् ।
नदी छेउछाउ, पुल र तटीय क्षेत्रमा अनावश्यक जानबाट टाढा रहनुहोस् ।
स्थानीय प्रशासन र सुरक्षा निकायको सूचनामा निरन्तर ध्यान दिनुहोस् ।
थप अपडेटको लागि जिल्ला प्रशासन कार्यालय, रसुवा र स्थानीय सञ्चार माध्यमसँग सम्पर्कमा रहनुहोस् ।

