हालै भोटेकोशीमा आएको बाढी पहिरोका कारण नदी तथा नदी किनार क्षेत्रमा शवहरू फेला पर्न सक्ने अवस्था रहेको छ । यस्तो संवेदनशील अवस्थामा प्रत्येक मानव शवको सम्मान र मर्यादा कायम गर्नु हाम्रो साझा दायित्व हो ।
नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरूले सम्बन्धित सरकारी निकाय तथा सुरक्षा निकायसँग समन्वय गरी शव फेला परेको स्थानको सुरक्षा, जानकारी सङ्कलन, आवश्यक अभिलेखीकरण तथा मृतकको पहिचान प्रक्रियामा सहयोग पु¥याउनुहुन अनुरोध छ ।
शवलाई अनावश्यक रूपमा छुनु, सार्नु वा तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु मानव मर्यादा विरुद्धको कार्य हो । यस्तो कार्य नगर्न र नगर्न दिनु हुन अनुरोध गर्दछाँै ।
शव फेला परेमा तुरुन्तै स्थानीय प्रशासन, नेपाल प्रहरी वा नेपाल रेडक्रसलाई जानकारी दिनुहोस् । मृतक तथा उनका परिवारप्रति सम्मान प्रकट गरौं र मानव मर्यादाको संरक्षण तथा शवको मर्यादालाई पनि ध्यानदिनुहुन अनुरोध छ ।

