
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले विपद्को समयमा प्रभावित व्यक्तिहरूलाई राहत वितरण, आपत्कालीन प्राथमिक उपचार प्रदान गर्नुको साथै एम्बुलेन्स, रक्तसंचार सेवा, आँखा उपचार र पारिवारिक सम्पर्क पुनःस्थापनाजस्ता सेवाहरू प्रदान गर्दै आइरहेको छ । यसैगरी नेरेसोले पिछडिएका समुदायहरूमा विपद् जोखिम न्यूनीकरण, खानेपानी सरसफाइ अभियान, सडक सुरक्षा र आपत्कालीन स्वास्थ्यमा सहयोग प्रदान गर्दै आएको छ ।
उल्लिखित सेवाहरूको साथसाथै, नेपाल रेडक्रस सोसाइटीले जुनियर र युवा सदस्यहरूलगायत देशभरि ठूलो सञ्जाल भएका आफ्ना कर्मचारीहरू र स्वयंसेवकहरूलाई परिचालन गरी अहिंसा, भेदभावरहित र शान्तिको संस्कृतिलाई सुदृढीकरण गर्दै लैंगिक समानता र सामाजिक समावेशीकरणलाई प्रोत्साहित गर्दछ । यी गतिविधिहरू अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रस अभियान र नेपालमा मानवीय सेवामा संलग्न संघ–संस्थाहरूको साझेदारीमा सञ्चालित हुन्छन् ।
थप जानकारी आवश्यक भएमा :
- नजिकको रेडक्रसको कार्यालयमा जानुहोस् ।
- रेडक्रसका स्वंसेवक वा कर्मचारीहरूसँग कुराकानी गर्नुहोस् ।
- पैसा नलाग्ने हटलाइन ११३० मा फोन गर्नुहोस् ।
- विभिन्न एफएमहरूबाट प्रसारण हुने रेडियो कार्यक्रम “रेडक्रस” र “मानवताका लागि हातेमालो” सुन्नुहोस् ।
- नेरेसोको फेसबुक (facebook.com/nepalredcross) पेजमा जानुहोस् ।
- नेरेसोको ट्वीटर (twitter.com/NepalRedCross) पेजमा जानुहोस् ।
- info@nrcs.org मा इमेल गर्नुहोस् वा ०१-४२७०६५० मा फोन गर्नुहोस् ।