नेपाल मा बेपत्ता भयका व्यक्ति

सशस्त्र संघर्ष वा अन्य हिंसात्मक परिस्थिति वा त्यसपछिको अवधिमा असंख्य परिवारहरूको निम्ति आफ्ना नातेदारहरूको अवस्था र परिस्थितिको अनिश्चितता एउटा कटु यथार्थको रूपमा रहेको हुन्छ । विश्वभरि नै मानिसहरू आफ्ना हराएका नातेदारहरूको खोजी व्यग्रतापूर्वक गरिरहेका हुन्छन् । आफ्ना नातेदारहरू जीउँदै छन् कि मरिसके भन्ने कुरा थाहा नपाएर परिवार वा समूदायहरूले विगतका हिंसाहरूलाई बिर्सन सकिरहेका हँुदैनन् । शान्ति आएको वर्षांैपछि पनि उनीहरूको वेदना यथावत रहिरहेको हुन्छ, उनीहरू व्यक्तिगत वा समूदायिक रूपमा पुनःस्थापना तथा मेलमिलापको स्थितिमा पुग्न असमर्थ रहेका हुन्छन् । यस्ता घाउले समाजको मूल संरचनालाई खल्बल्याउँछ र समूह–समूहबीचको सम्बन्धलाई असर पार्छ । कहिलेकाहीं त संघर्ष समाप्त भएको दशकांै वर्षसम्म पनि यसको प्रभाव परिरहन्छ ।

Publication Year: 
2011